एनआरएनए अमेरिकाको वोर्ड अफ डाइरेक्टरमा पन्तको उम्मेदवारी

प्रकाशित मिति:

आगामी मे महिनामा हुने गैर आवासीय नेपाली संघ अमेरिकाको वोर्ड अफ डाइरेक्टरमा तनहुँका दिपक राज पन्तले मंगलवार उम्मेदवारी दर्ता गराएका छन्। एक दशक देखि अमेरिकामा सपरिवार रहदै आएका पन्त नेपाल रहदै देखि विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय सहभागी हुदै र नेतृत्व गर्दै आएका थिए । नेपालमा रहँदा पेशाले नेपाल विद्युत प्राधिकरणको अधिकृत देखि चिलिमे जलविद्युत आयोजनाको प्रमुख प्रशासनिक अधिकृत सम्म भएका एक कुशल प्रशासक पनि हुन् ।

राजनीति र समाजसेवामा चासो राख्ने पन्त अर्थशास्त्रका स्नातकोत्तर हुन् भने राजधानीका विभिन्न कलेजमा करिव आधा दशकभन्दा वढी प्राध्यापन समेत गरेका थिए । एक पटकको नेपाली सँधैको नेपाली भन्ने कुरामा पूर्ण प्रतिवद्ध पन्त साहित्य लेखनमा पनि रुचि राख्छन् भने नेपाली संस्कृति , परम्परा , रीतिरिवाज र पहिचान आगामी पुस्तामा हस्तान्तरण गर्दे नेपाल र नेपालीको पहिचान अमेरिकामा समेत वढाउन लागि परेका छन् ।विस्कान्सिन शहरमा रहेका नेपालीहरुको साझा संस्था विस्कान्सिन नेपाली समाजको सचिव लगाएतको जिम्मेवारीमा रहेर आफ्नो नेतृत्व क्षमता देखाइसकेका उनले नेपालको विभिन्न जिल्लामा भुकम्प पश्चात संस्थागत र व्यक्तिगत रुपमा सहयोग समेत गरेका छन् ।

आफू भन्दा कम भाग्यमानीहरुको सहयोग गर्न आफ पनि लाग्ने र अरुलाई पनि प्रोत्साहित गर्ने स्वभाव भएका उनी गतिशिल , सशक्त , संस्थागत र समावेशी एन आर एन ए को नाराप्रति प्रतिवद्धता जनाउँदै आफू निर्वाचनमा होमिएको र अमेरिकामा रहेका नेपालीहरुले आफूलाई विश्वास गर्नेमा आफू ढुक्क रहेको वताउँछन् । पन्तको जन्म तनहुँको भानु नगरपालिका वडा नम्वर एकको भन्सारमा आज भन्दा ४५ वर्ष अगाडि भएको थियो भने उनले त्यहीको सरकारी सामुदायिक विद्यालयवाट प्रवेशिका सम्मको अध्ययन पुरा गरेका थिए । ‘भुगोलले माटोको मायालाई छेक्न सक्दैन, म नेपाल र नेपालीको जीवनस्तर उकास्न एन आर एन ए लाई गतिशिल वनाउन आगामी २०२३ सम्म को कार्यकालमा पूर्णरुपमा लाग्ने छु ’पन्तको उद्घोष छ ।