नेपाल भारतको सिमामा स्वास्थ्य सहायता कक्षको स्थापना

प्रकाशित मिति:

प्रकाश न्यौपाने

बैशाख ११ गते
पश्चिम नवलपरासी । भारतमा कोरोना संक्रमित बढिरहेको बेला भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासीको ठुठीबारी महेशपुरमा पाल्ही नन्दन गाउँपालिकाले स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ ।

जिल्लाको मुख्य सिमा महेशपुर लगायतका सिमावर्ती क्षेत्रमा भारतबाट आउने नागरिकलाई स्वास्थ्य सतर्कता अपनाउन सल्लाह दिई स्वास्थ्य जांच गरी निगरानीमा राख्न थालिएको छ ।

पाल्हीनन्दन गांउपालिका वडा नं१ महेशपुर लगायत जिल्ला भरीमा कोरोना भाईरसको संक्रमण बढ्न सक्ने खतरालाई मध्य नजर गर्दै सहायता कक्ष स्थापना गरी निगरानी बढाएको हो ।
अहिले कोरोना संक्रमण बढन थाले पछि सिमावर्ती क्षेत्रलाई मध्य नजर गर्दै महेशपुर नाका लगायतबाट भित्रिने नागरिकको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको पाल्हीनन्दन गांउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले बताउनु भयो ।

पाल्हीनन्दन गांउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले खुल्ला सिमानाका कारण जोखिम बढेको बताउदै उहाले यसको नियन्त्रणमा सबै पक्षले सहयोग गर्नु पर्ने बताउनु भयो । भारतबाट आउने जाने नागरिकहरुलाई मास्क सेनिटाईजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दुरी कायम गरी स्वास्थ्यलाई सुरक्षित राख्न सचेत रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताउनु भयो । महेशपुर सहायता कक्षमा पाल्हीनन्दन गांउपालिकाबाट पालो पालो गरि एक एक जना स्वास्थ्यकर्मी खटाउने गांउपालिका शाखाका प्रमुख धर्म जित पटेलले बताउनु भयो ।