लायन्स क्लव अफ बुटवल युथको आगामी अध्यक्षमा अधिकारी

प्रकाशित मिति:

लायन्स क्लव अफ बुटवल युथमा आगामी वर्षको अध्यक्षमा हरिकृष्ण अधिकारीलाई चयन गरिएको छ । शनिबार साँझ बुटवलमा भएको अधिवेशनले वर्ष ०२१–०२२ को लागि अध्यक्षमा अधिकारी सहित सिंगो टिम सर्वसम्मत रुपमा चयन गरेको हो ।

त्यस्तैगरी क्लवको प्रथम उपाध्यक्षमा हरिबिक्रम कुँवर, द्वितीय उपाध्यक्षमा विष्णुप्रसाद काफ्ले, तृतीय उपाध्यक्षमा सुरेश केसी, सचिवमा रबिन कार्की, कोषाध्यक्षमा अब्दुल करामत, सहसचिवमा मनमोहन गुभाजु, र सहकोषाध्यक्षमा प्रशान्त भट्टराईलाई चयन गरिएको हो ।

त्यस्तैगरी क्लवको जनसम्पर्क अधिकारीमा नियामत अलि तथा डाईरेक्टरहरुमा मोति काफ्ले, ध्रुव भट्टराई, डा. समित उल्लाह, कृष्ण रिमाल, मनोज कानु, चंखा पुन, सलामवक्स मिया र दिलिप गौचनलाई चयन गरिएको क्लवका निवर्तमान अध्यक्ष तथा निर्वाचन आयुक्त दिपकप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो । क्लवका संस्थापक अध्यक्ष जाकिर हुसेनको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्षहरु जमिल खान, भेषराज गैरे, अशोक गुरुङ् लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।