मानव अधिकार तथा शान्ति समाज स्याङ्जाले मनायो लोकतन्त्र दिवस

प्रकाशित मिति:

भवानी अधिकारी-स्याङ्जा, मानव अधिकार तथा शान्ति समाजस्याङ्जाले बिबिध कार्यक्रमगरी शनिवार १५ औं लोकतन्त्र दिवस मनाएको छ । लोकतन्त्र दिवसमा अवसर पारेर अन्र्तक्रिया, सम्मान एवं चियापान कार्यक्रम गरी मनाएको हो ।
स्याङ्जा सदरमुकाममा आयोजित लोकतन्त्र दिवसको उदघाटन गर्र्दे एमनेष्टी इन्टरनेशनल स्याङ्जाका संस्थापक सभापति एवं सामाजिक अभियन्ता ओमप्रकाश शर्माले ठूला बलिदानी, त्याग र समर्पणले उपलब्ध लोकतन्त्रको रक्षा गर्न राजनेताहरु चुकेको बताउनुभयो । नागरिकका अधिकार, स्वतन्त्रता र शान्ति सुरक्षाको अधिकार प्राप्तिका लागि हाम्रा पूर्वजका योगदान अतुलनीय रहेको उहाले स्मरण गराउनुभयो । शासन ब्यवस्था परिवर्तन भए तर नेताका चरित्रमा परिवर्तन हुन नसक्दा ठूला आन्दोलनले उपलब्ध रक्षा गुम्ने हो की भन्ने खतरा बढेकोमा उहाले जोड दिनुभयो । लोकतन्त्रको रक्षाका लागि अधिकारकर्मीहरु एकाकार हुन उहाको सुझाव छ ।

कार्यक्रममा समाजका केन्द्रीय प्रतिनिधि हरिप्रसाद रेग्मी, पूर्व सभापति पृथ्वीप्रसाद पोखरेल, निवर्तमान सभापति प्रकाश डोटेल, पूर्व उपसभापति केशवराज लम्साल, रेडियो एवं टेलिभिजनका प्रवन्धक रमेश गोदार लगायतले लोकतन्त्रको संस्थागत विकासका लागि अधिकारकर्मीहरु एकजुट हुनुपर्ने बताउनुभयो ।यसैगरी, समाजका सहसचिव हरिप्रसाद अर्याल, सदस्यहरु रामप्रसाद लम्साल, गंगादेवी पोखरेल, विपिन्द्रमान श्रेष्ठ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
मानव अधिकार तथा शान्ति समाजका सभापति धु्रवबन्धु पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति भवानीशंकर पोखरेलले स्वागत, कोषाध्यक्ष शान्ति अर्यालले धन्यवाद एवं सचिव भवानी अधिकारीले संचालन गर्नुभएको थियो ।

यसैबीच, सोही कार्यक्रमा समाजका नि सभापति प्रकाश डोटल, उपसभापति भवानीशंकर पोखरेल र सचिव भवानी अधिकारीलाई बधाई एवं सम्मान गरिएको छ । पत्रकार महासंघको गण्डकी प्रदेश सदस्यमा निर्वाचित हुनु भएको भन्दै प्रकाश डोटेललाई र जिल्लाको उपाध्यक्षमा निर्वाचित भएको भन्दै भवानी अधिकारी र लायन्स डिस्ट्रिक चियर पर्सनमा मनोनित भएको भन्दै भवानीशंकर पोखरेलालाई बधाई सहित सम्मान गरिएको हो ।