प्रारम्भिक स्वास्थ्य उपचार गाँउबाटै हुनुपर्छ ; पूर्व मन्त्री बिष्ट

प्रकाशित मिति:

कौरव खत्री- गुल्मी ११ बैशाख । गुल्मीको मुसिकोट नगरपालिका वडा नं। १ को पौदी अमराई स्वास्थ्य चौकी भवनको शिलन्यास गरिएको छ । गुल्मीको मुसिकोट नगरपालिका १ पौँदी अमराईको भवन शिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व मन्त्री तथा गुल्मी क्षेत्र नं। २ का प्रतिनिधि सभा सदस्य गोकणर् विष्टले आधारभुत तहको स्वास्थ्य उपचार पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्न अहिले वडा वडामा स्वास्थ्य चौकी भवन निर्माण भईरहेको भन्दै उहाँले शिलन्यास गरिएको स्वास्थ्य चौकीको भवन निर्माण समयावधि भित्रै सम्पन्न गर्न आग्रह गदै प्रारम्भिक स्वास्थ्य उपचार गाँउमै हुदा नागरिकलाई धेरै सेवा पुग्ने बताउनुभयो ।

राज्यका सयंन्त्रले प्रभावकारी भूमिका नखेल्दा र ठेकेदारहरुले समयमै काम सम्पन्न नगर्दा धेरै आयोजनाहरु अलपत्र बनेको र जसका कारण नागरिकले सोँचे अनसार विकासको अनुभूत गर्न नपाएको बताउनुभयो । साथै मन्त्री विष्टले आधारभुत तहको स्वास्थ्य उपचार पाउने नागरिकको अधिकारलाई सुनिश्चित गर्न मुसिकोट नगरपालिकामा १५ सैयाको अस्पतालको शिलन्यास भैरहेकोले स्वास्थ्य उपचारमा सहयोग पुग्ने बताउनु भयो । स्वास्थ्य चौकी भवनका बारेमा जानकारी दिँदै राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यान्वयन ईकाई पाल्पाका ईन्जिनियर टिका थापाले बहुवर्षीय योजना अन्तर्गत २ करोड ३९ लाख, २३ हजार ७ सय, ४३ रुपैयाँ लागतमा १८ महिना भित्र निर्माण सम्पन्न हुने गरी बाँसुरी डिएमडी पुष्पाञ्जली निर्माण सेवा संग सम्झौता भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यन इकाइ भवन पाल्पा आयोजना प्रमुख टिका थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा,वडा नं। ८ का वडाध्यक्ष नारायण सापकोटा, वडा नं। ४ का वडाध्यक्ष ओम बहादुर केसी, एमाले नेताहरु गणेश सिर्पाली, राजेन्द्र विक्रम कुँवर, हिरा एसी, नेपाल पत्रकार महासंघ गुल्मीका सचिव प्रेम सुनार, महासंघ गुल्मीका कोषाध्यक्ष कौरव खत्री,मुसिकोट नगरपालिका स्वास्थ्य शाखा संयोजक डिबी जिसी, शिक्षा शाखा प्रमुख प्रकाश नेपाली,शिक्षा शाखाका चुरा बहादुर छन्त्याल, लगायतको उपस्थिति रहेको थियो ।
स्वास्थ्यचौकी भवन शिलन्यास कार्यक्रममा वडा नं। १ का वडाध्यक्ष पूणर् बहादुर हितानको अध्यक्षता तथा पौदी अमराई स्वास्थ्य चौकीका प्रमुख प्रतिमा श्रेष्ठको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन भने समाजसेवी दिपक खरेलले गनुभएको थियो ।