भारतमा एकै परिवारका ४ सदस्यको ८ दिनको अन्तरालमा मृत्यु

प्रकाशित मिति:

१२ वैशाख, काठमाडौं । कोरोनाको दोस्रो लहरबाट प्रभावित भारतीय नागरिक त्राहीत्राही छन् । उपचारका लागि अस्पताल गएकाहरु अक्सिजन नपाएर छटपटाउँदै ज्यान गुमाइरहेका छन् । लासहरुको चाङले अन्त्येष्टि गर्न पालो कुर्नुपर्ने स्थिति छ । शव जलाउने काठ अभाव भएपछि चिनी उद्योगमा पेलेका उँखुका डाँठ खोसाखास गर्नुपर्ने बाध्यता छ ।

यहीबीचमा महाराष्ट्र राज्यको पुणेमा कोरोना संक्रमित एकै परिवारका चार जनाले आठ दिनको अन्तरमा ज्यान गुमाएको समाचार सार्वजनिक भएको छ । मृत्यु हुनेमा आमा–बुवा र उनीहरुका दुई छोरा छन् । परिवारमा बाँकी एकमात्र सदस्य बुहारीको गम्भीर अवस्थामा उपचार जारी छ@onlinekhabar