स्याङ्जाको बिरुवामा नेकपामा पहिरो

प्रकाशित मिति:

 

स्याङ्जा ; दुई महिनादेखी विरुवा गाँउगाँउपालिकामा काँग्रेसमा प्रवेश गर्नेको लहर नै चलेको छ । नेकपा विभाजन र एमालेमा देखिएको गुटको ध्रुविकरणबाट आजित भएका कार्यकर्ताहरु पछिल्लो समय काँग्रेसमा प्रवेश गर्ने लहर बढेको हो ।

जिल्लाका विभिन्न स्थानीयतह हरुमा काँग्रेसमा प्रवेश गर्ने लहर नै चलेको काँग्रेस स्याङ्जाले जनाएको छ । स्याङ्जामा दुई संघिय क्षेत्र र ४ प्रदेश क्षेत्र रहेका छन । सबै भन्दा बढी संघिय क्षेत्र नम्वर १ मा पार्टी प्रवेशको लहर देखिएको क्षेत्रीय सभापति तुलसी रेग्मीले जानकारी दिए । संविधान सभाका सदस्य राजु थापा यतीबेला पाटी प्रवेश र कार्यकर्ता भेटघाटमा व्यस्त भएका छन् ।हरेक नागरिकमा सरकारका काम र शैलिबाट नैरश्यता भएको पाएका छौं क्षेत्रीय सभापति रेग्मीले भने,‘नेपालको पुरानो र विकास गर्ने पाटी नेपाली काँग्रेस हो भन्ने बुझाई बल्ल नागरिकमा आएको छ ।’ अहिले हामी सरकारको काम कारवाहि, स्थानीयतहको काम कारवाहि देखि लिएर नागरिकका समस्या बुझ्न गाँउ गाँउमा पुगेका छौं सभापति रेग्मीले भने ।

विरुवा गाँउपालिका ४ ओरष्टेमा शनिवार आयोजित पाटी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै संविधान सभाका सदस्य तथा नेपाली काँग्रेसका युवा नेता राजु थापाले सरकार कोरोना संक्रमण न्युनिकरण गर्न भन्दा सम्पन्न नभएका आयोजना उद्घाटनमै तल्लिन रहेको आरोप लगाए ।

भष्ट्रचार जस्ता जघन्य अपराध गरेका मन्त्रीहरुको बचाउमा लागेका प्रधानमन्त्री केपी ओलीबाट जनताको अपेक्षा अनुसार काम हुन नसकेको आरोप लगाउदै झुट्टा आवश्वासनले देश नचल्ने जिकिर गरे । दुई तिहाई मत लिएर सरकारमा गएका प्रधानमन्त्री ओलीबाट ग्रामिण क्षेत्रका जनतामा निरासा देखिएको छ थापाले भने,‘भष्ट्रचार, हत्या हिंसा, बलात्कार जस्ता जघन्य घट्नाका दोशीलाई उन्मुक्ति दिने सरकारको आशा हरायो ।’ चर्को भाषण गरेर बालुवाटार बस्नु भन्दा ग्रामिण भेगका जनताको आवाज सुन्न बालुवाटार छाडेर आउन ओलीलाई थापाले चेतावनी दिए । कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष भरतराज लम्साल, नेपाली काँग्रेसका जिल्ला सदस्य चन्द्रकान्त पोखरेल, विरुवा गाँउपालिकाका सभापति युवराज केसी, नेविसंघका जिल्ला सभापति अजित क्षेत्री, काँग्रेसका नेता उदय पोखरेल, मुक्त गुरुङ, हरि थापा लगायतका बक्ताहरुले कम्युनिष्टबाट देश चल्न नसक्ने उदाहरण ओली सरकारले देखाएको स्पष्ट पारेका थिए ।

नेकपाबाट कृष्ण बसेल, नारायण बसेल, रमेस बसेल, कुलबहादुर बसेल लगायत ६१ जना नेपाली काँग्रेसमा प्रवेश गरेको डिआर पोखरेलले जानकारी दिए र पाटी प्रवेश गर्ने सबैलाई संविधान सभाका सदस्य थापाले पाटीको सदस्यता वितरण गरेका थिए । पाटीका वडा सभापति ऋषिराज पोखरेलको सभापत्विमा कार्यक्रम सम्पन्न भएको थियो ।