कुनै विलासी महलभन्दा कम छैन पुटिनको विमान

प्रकाशित मिति:

मङ्सिर ४ बुटवल । सबै मुलुकका सर्वोच्च नेतालाई केही न केही विशेष सुविधा दिने गरिन्छ । विश्वका शक्तिशाली नेताहरुको लागि भने यो सुविधा अझ बढी हुन्छ । यस्तोमा धेरे विलासी सुविधाहरुको प्रयोग गर्नेमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि एक हुन् । पुटिन आफ्नो कूटनीतिक कौशलभन्दा बढी आफ्नो सम्पत्तिको कारण पनि चर्चामा रहने गरेका छन् । उनी आफ्नो रहनसहन र शोखको कारण आलोचनामा पर्ने गरेका छन् ।

रुसी राष्ट्रपतिको मोटरसाइकलदेखि हवाईजहाजस्ता वाहनहरुको सूची तयार गर्ने हो भने ६० को हाराहारीमा पुग्छ । यसमा पनि सबैभन्दा विशेष उनको जहाज रहेको छ । पुटिन ५० करोड डलरको जहाज चढ्ने गर्छन् । यसको मूल्यअनुसार यसको सुविधा पनि त्यसै किसिमको रहेको छ । उनको हवाई जहाज बाहिरबाट जति सुन्दर छ, भित्रबाट पनि निकै शानदार रहेको छ । विमानमा वास बेसिन पनि सुनबाट बनाइएको छ ।


पुटिनको विमान थकाइ लाग्दा आरामको लागि फाइफ स्टारको भन्दा राम्रो सुत्ने कोठा रहेको छ । उनको बिछ्यौना मखमली बनाइएकाृ छ भने आकाश देखिने झ्याल राखिएको छ ।

पुटिनको विमानमा जिमको पनि व्यवस्था गरिएको छ । कुनै समय आफ्नो शरीर खुम्चिएको महशुस भएमा उनले जिम पनि गर्ने गरेका छन् । साथै विमानमा भान्साको पनि व्यवस्था रहेको छ । उनी भान्सामा मन लागेको खानेकुरा बनाएर खान सक्छन् । पुटिनको विमानमा सुरक्षाको पनि महत्वपूर्ण व्यवस्था गरिने गरिन्छ । विमानमा खतरानक हतियारसहितका पूरा सेना तयारी अवस्थामा रहने गरेका छन् ।