टी–१० क्रिकेटः गोर्खा वारियर्स सेमिफाइनलमा

प्रकाशित मिति:

प्रकाश न्यौपाने- भैरहवा, वैशाख १२, गोर्खा वारियर्स भैरहवामा जारी स्टडील्याण्ड टी–१० क्रिकेट प्रतियोगिताको सेमिफइनलमा प्रवेश गरेको छ । गोर्खाले सोमबार आरआर चिल्हियालाई ६ विकेट पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । सिद्धार्थ रंगशालमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको आरआरले ५ विकेटको क्षतिमा ८२ रनको योगफल बनायो । उसका लागि दिपेश कंडेलले ३७ र दिपेश दासले २० रन बनए । बलिङमा गोर्खाका कृष्ण गिरीले २, सुभाष विक, करण विक र शेषदत्त थारुले समान १÷१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको गोर्खाले ९ ओभर १ बलमा ३ विकेटको क्षतिमा ८५ रन बनाउँदै जित निकाल्यो । उसको जितमा महेश रानाले २८, सुभाष विक र अमित तामाङले नटआउट क्रमशः २६ र १५ रन जोडे । बलिङमा आरआरका अविनाश बश्यालले २ तथा दिवान पुनले १ विकेट लिए । सुभाष विक म्यान अफ द म्याच भए । सोमबार तिलोत्तमा क्रिकेट क्लब र तिरुपति क्रिकेट क्लब तथा लुम्बिनी खुकुरी क्रिकेट क्लब र प्रोफेसनल मास्टर्स–११ बीच प्रतिस्पर्धा हुने आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी)ले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले नगर ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरीजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतका दुई टिमसहित १६ टिम सहभागी छन् । प्रतियोगिता वैशाख १५ गतेसम्म चल्ने छ ।