एनआरएनए अमेरिकाका अध्यक्षका प्रत्यासी सुबेदी न्याकको संस्थापक गुठी सदस्य बने

प्रकाशित मिति:

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति अमेरिकाको आसन्न निर्वाचनको लागि अध्यक्ष पदका प्रत्यासी बुद्धिसागर सुवेदी नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)को संस्थापक गुठी सदस्य(ट्रस्टी()बनेका छन् । संस्थापक गुठी सदस्य(ट्रस्टी)बन्न ४ हजार डलर सदस्य शुल्क रहेको छ ।

गत अप्रिल २४ तारिख शनिवार भर्जिनियाको फेयरफ्याक्समा भर्जिनियावासी नेपाली समुदायसंग आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम प्रारम्भ हुनु अघि न्याकका पदाधिकारीको उपस्थितिमा उनि संस्थापक गुठी भएका हुन् । नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)का ६ वटा प्रकारका सदस्य मध्ये व्यवसायी समेत रहेका सुबेदीले गुठी सदस्य(ट्रस्टी) घोषणा गर्दै रकम कार्यक्रम बीच हस्तान्तरण गरेका थिए ।

उनले न्याकले अमेरिकी समुदायमा गरेको तीब्र प्रगति र यसका नेतृत्ववर्गले खेलेको अहम भूमिकाको मुक्त कण्ठले प्रशंसा गर्दै शुभकामना समेत दिएका थिए । साथै यस्तो गरिमामय संस्थामा जोडिन पाउँदा हर्ष लागेको र आफू गौरन्वित भएको बताए ।साथै उक्त छोटो कार्यक्रममा न्याकका संस्थापक तथा सामाजिक अभियन्ताहरु ददिराम ढुंगाना,चिकित्सक मदन उप्रेती,गोपाल रेग्मी लगायतले बोलेका थिए भने शुभकामना समेत दिएका थिए । त्यसै बीच अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)को पनि आजीवन सदस्य बनेको सुबेदीले घोषणा गरेका थिए । त्यसै अवसरमा संस्थाका अध्यक्ष केदार प्रसाद तिम्सिनाले अध्यक्षका प्रत्यासी सुबेदीलाई शुभकामना सहित आजीवन सदस्यको बनेको घोषणा गरेका थिए ।