हवाईमार्गबाट आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य

प्रकाशित मिति:

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ ।

सीसीएमसीको आइतबार बसेको बैठकले ट्रान्सजिट उडान रोक्न पनि सिफारिस गरेको एक अधिकारीले जानकारी दिए । बैठकले स्थलमार्गबाट हुने आवागमनमा पनि कडाइ गर्ने निर्णय गरेको छ ।