तिलोत्तमा–५ को अपाङ्गतामैत्री र बालमैत्री नवनिर्मित वडाभवन उद्घाटन

प्रकाशित मिति:

तिलोत्तमा २०७८ बैशाख  गते आइतबार। रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राममा वडा नं ५ को नव निर्मित भवन आइतबार उद्घाटन गरिएको छ । नवनिर्मित आफ्नै भवन प्राङ्गणमा भएको औपचारिक कार्यक्रममा राष्ट्रिय सभाका सदस्य तथा नेकपा एमालेका नेता गोपाल भट्टराईले उक्त भवन उद्घाटन गर्नुभएको हो। अपान्गतामैत्री तथा बालमैत्री तबरले सुब्यबस्था गरि बनाइएको आधुनिक भवनमा स्तरिय तथा ठुला ६ वटा कोठा छन्। करिव कुल ८० लाख २९ रुपैयाँको लागतमा भवन निर्माण गरिएको सो भवनको शिलान्न्यास भने नेकपा एमालेका नेता घनश्याम भुसालले गरेका थिए।

समुद्घाटन कार्यक्रम कोभिड्का कारण सामाजिक दुरी सहित सबैमा स्वास्थ्य मापदण्ड लागु गरि सम्पन्न गरिएको थियो। समयको हिसाबले समेत छोटो मानिएको कार्यक्रम करिव २५ मिनेटमा सकिएको थियो। सो समुद्घतानामा बोल्दै राष्ट्रिय सभाका सदस्य तथा नेकपा एमालेका नेता गोपाल भट्टराईले तिलोत्तमा नगरपालिकाका सबै वार्ड कार्यालय बनिसकेको र केहि मात्रै बाकि रहेकोमा खुसि ब्यक्त गर्दै भौतिक संरचना जस्तो कुराको बिकाश समयमै हुनु ठुलो कुरा भएको बताउनु भयो। उहाले हाल कोभिड्का कारण उह्ल्यै निर्माण सम्पन्न हुनु पर्ने भवन निर्माण शरु हुने बेर लागेको भएपनि शुरु गरेपछि निक्कै छोटो समयमै सम्पन्न भएको बताउनुभयो।

भवन निर्माण सम्पन्नताले वडा नम्बर–५ का स्थायी बासि र समग्र नगरपालिकाका नगरबासीहरुमा खुसि थपेको बताउनुभयो। उहाले भवन जस्तै सुन्दर तरिकाले अब जनताको सेवा सहजतालाइ अघि बढाउनुपर्ने बताउनुभयो। सो कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नं ५ का अध्यक्ष चेत नारायण भण्डारीले भवन निर्माण चरण देखि सम्पन्न हुदासम्म सघाउने सबैलाई हार्दिक धन्यबाद दिनुभएको छ। छोटो अवधिमै निर्माण सकिएको बताउदै उहाले अबको आफ्नो मिसन सहज तबरको सेवा,बालमैत्री, अपाङ्गता मैत्री , ज्येष्ठ नागरिकको पहुच, र सबै बर्गका वडाबासीहरुको सेवामा खर्चिने बताउनु भएको छ। पुरानो वडा कार्यालयबाट दिइने सेवा बैशाख १२ गते देखि सकिएको बताउदै समुद्घाटनकै दिन देखि नया कार्यालयमा सेवा सुचारु गरिएको बताउनुभयो। तिलोत्तमा नगरपालिका–५का वडा सदस्य गायत्री पाण्डेको स्वागत मन्तब्यबाट शुरु भएको सो औपचारिक समुद्घाटन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरे, नगर उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल,वडा सदस्य हरि पौडेल, आमन्त्रित अन्य सबै वडाका अध्यक्ष एबम प्रतिनिधि, कर्मचारी, स्थानिय उधोग ब्यबसायी, टोल बिकाश सस्था, आम समूह , बाल समुह, ज्येष्ठ नागरिक समूह लगायतको प्रतिनिधिमुलक उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन तिलोत्तमा नगरपालिकाका नगर प्रबक्ता सुरेन्द्र श्री ले गर्नुभएको हो।