प्रकाशको पहिलो पूण्यतिथिमा बिनाले गरिन् सिर्जनाको अपमान !

प्रकाशित मिति:

४ मंसिर, काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड निवासमा सोमवार छोरा प्रकाश दाहालको प्रथम पुन्य तिथीमा आयोजित सार्वजनिक कार्यक्रममा बुहारी सिर्जनामाथि अपमानजनक व्यवहार भएको खुलेको छ ।

खानेपानी मन्त्रीसमेत रहेकी प्रचण्डकी बुहारी बिना मगरले सिर्जनालाई अपमान गरेको आरोप लागेको हो । प्रकाशको प्रथम स्मृतिमा प्रकाशन गरिएको स्मृतिग्रन्थमा पनि प्रकाश दाहालकी पत्नी भनेर बिना मगरको मात्र नाम राखिएको छ । संक्षिप्त परिचयमा सिर्जनाका छोरा प्रसिद्धको नाम राखिएको छ । तर पत्नीमा आफ्नो नाम नराखेर अस्तित्व स्वीकार नगरिएको तथा पूण्यतिथिमा अपमानजनक व्यवहार भएको भन्दै सिर्जनाले ‘सम्बन्धित ठाउँमा’ आपत्ति जनाएकी छन् ।

सोमबारको कार्यक्रम हुँदा मञ्चको दोस्रो लहरमा मोहन वैद्यसँगै प्रचण्डका छोरी रेणु, गंगा र बुहारी बिना बसेका थिए । त्यसबीचमा नेकपाका केही नेताहरुले कार्यक्रमस्थलको कुनामा बसेर हेरिरहेकी अर्की बुहारी सिर्जनालाई पनि मञ्चमा लगेका थिए ।

सिर्जना गएर मञ्चको तेस्रो लहरमा बस्नासाथ अघिल्लो लहरमा बसेकी बिना पछाडि फर्केर केही भनेको दृष्य भिडियोमा कैद छ । बिनाले पछाडि फर्केर सिर्जनालाई केही भनेलगत्तै रेणु गंगा र बिना मञ्चबाट केहीबेर बाहिरिए । उनीहरु उठेपछि सिर्जना पनि उठेर पत्रकार दीर्घाको कुर्सीमा गएर बसेकी थिइन् ।

स्रोतका अनुसार सिर्जनालाई सोमबारको कार्यक्रममा बोलाइएको थिएन । उनी मञ्चमा गएर बसेपछि बिनाले ‘तपाई किन आउनु भएको यहाँ ?’ भन्दै अपमानजनक व्यवहार गरेको प्रत्यक्षदर्शी एक सुरक्षाकर्मीले बताए । त्यसपछि सिर्जना कार्यक्रमस्थलभर एउटा कुनामा गएर बसेकी थिइन् ।

कार्यक्रमपछि छोरो प्रसिद्धलाई भेटेर जान्छु भन्दै उनी प्रचण्ड निवासभित्र छिरेकी थिइन् । प्रचण्डले नातिलाई आफूसँगै राखे पनि पारिवारिक तनावका कारण बुहारी सिर्जनालाई भने छोरासँग राख्न सकेका छैनन् । सिर्जनाले पनि आफू प्रचण्डकै कारण मुख नखोली बसेको बताउने गरेकी छन् ।

सोमबारको घटनाबारे अनलाइनखबरले सिर्जनासँग प्रतिक्रिया लिन खोज्दा उनले आफू अहिले थप केही नबोल्ने बताइन् । उनले छोरा स्वीकार गर्ने तर आफूलाई स्वीकार नगर्ने कुरा सैह्य नहुने भने बताएकी छन् ।

स्मारिकामा आफ्नो नाम प्रकाशकी पत्नीको रुपमा नराखिएकोमा दुःख लागेको बताइन् ।

स्मारिकामा बिना मगरले प्रकाशको बैबाहिक जीवनका सन्दर्भमा सिर्जना र उनीभन्दा पहिलेकी प्रथम पत्नीलाई चोट पर्ने कुराहरु लेखेको भन्दै आलोचना भएको छ । नयाँ बैबाहिक जीवनमा रहेकी प्रकाशकी प्रथम पत्नीले फेसबुकबाटै सांकेतिक रुपमा बिना मगरप्रति कटाक्ष गरेकी छन्

थप समाचार