मंगलबार सुनको भाउ घट्यो

प्रकाशित मिति:

अघिल्लो दिन स्थिर रहेको सुनको भाउ ओरालो लागेको छ । बैशाख १४ गते, मंगलबार सुन तोलामा १०० रुपैयाँले घटेको हो । यस दिन छापावाला सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सुनको स्थिर रहेर आइतबारकै भाउ प्रतितोला ९१ हजार ३०० रुपैयाँ तोकिएको थियो ।

मंगलबार सुनको मूल्य घटेपनि चाँदीको भने बढेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ३१५ रुपैयाँमा किनबेच हुँदैछ । साृेमबार भने चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार ३१० रुपैयाँमा खरिदबिक्री भएको थियो ।