निषेधाज्ञामा पनि सेयर बजार खुला

प्रकाशित मिति:

काठमाडौं, वैशाख १४ ; निषेधाज्ञाको अवधिमा सेयर बजार भने बन्द नहुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक सूचना जारी गर्दै सेयर बजार पूर्ण रुपमा खुला हुने बताएको हो ।

नेप्सेका अनुसार घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिन्छ । सेयर खरिद बिक्री वापतको लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सकिनेछ ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । सरकारले निषेधाज्ञा दुई सातासम्म हुने बताएको छ ।