आइसियु बेड नपाउँदा कोरोना संक्रमितको मृत्यु 

प्रकाशित मिति:
बैशाख १४ गते- नवलपरासी । पश्चिम नवलपरासी रामग्राम नगरपालिका-९ का कोरोना संक्रमित एक ३५ बर्षिय युवक  अस्पतालमा आइसियु बेड नपाइ मृत्यु भएको छ । केही दिन देखी  श्वास फेर्न गार्‍हो भएपछि उनलाई सोमबार बिहान पृथ्वीचन्द्र जिल्ला अस्पतालमा राखेर सामान्य उपचार सुरू गरिएको थियो।
आईसियुमा राखेर उपचार गर्नुपर्ने भएपनि जिल्लामा सो सेवा उपलब्ध छैन। आइसियुमा राखेर  उनिलाइ थप उपचारका  गर्नु पर्ने भए पनि थप उपचारका लागी रुपन्देहीको भैरहवामा अवस्थित भीम अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गर्न प्रयास गरेपनि बेड अभावका कारण उनिलाइ थप उपचारमा लाग्न नसकिएको जिला अस्पतालका
मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नुरुल होदाले जानकारी दिनु भयो । उहाँ का अनुसार थप उपचारमा पठाउनका लागी पहल गरेका थियौ । बेड अभाव छ भन्ने जानकारी पायौ तेसपछी अक्सिजन दिएर जिल्ला अस्पतालमै उपचार  भएको थियो ।
आज मंगलबार बिहान उनको ज्यान गयो,´ डा. होदाले भने।  दोस्रो चरणको कोरोना संक्रमण सुरू भएदेखि जिल्लामा ५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिए।