कोरोना विशेष अस्पताल मा ३ जनाको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा ३ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष र १ महिला रहेका छन् । कोरोना पुष्टी भएपछि वैशाख ११ गते अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालीका ११ का ३१ वर्षीय पुरुषको बिहीबार बिहान साढे २ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा। विष्णु गौतमले बताए । त्यस्तै, ९ गते भर्ना भएका बुटवल १४ का ६६ वर्षीय पुरुषको बिहान २ बजेर ४५ मिनेटमा मृत्यु भएको उनले बताए । जिल्लाको मायादेवी गाउंपालीका ६ की ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको हो । उनलाई वैशाख ११ गते अस्पताल भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा। गौतमले जानकारी दिए ।