निषेधाज्ञाको समयमा बिहान १० देखि दिउँसो २ बजेसम्म बैंक खुल्ने

प्रकाशित मिति:

काठमाण्डौं उपत्यकामा बैंक तथा वित्तीय संस्थाहरु दिनमा चार घण्टा मात्र खुला हुने भएका छन्। निषेधाज्ञा लागेका उपत्यकाका तीन जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक खुल्ने भएको हो ।

राष्ट्र बैंक र बैंकरबीच बुधबार भएको छलफलमा यो सहमति भएको छ । कोरोनाको संक्रमणको अवस्थालाई हेरेर पछि निर्णय गरिने बताइएको छ । बैंकका एटीम भने साविककै जस्तै खुला रहने छन् ।