समाजसेवी घर्ति दम्पतिको स्मृतिस्मारक अनावरण

प्रकाशित मिति:

भवानी अधिकारी- स्याङ्जा,  दिवंगत आफना बाबा आमा (बोधबहादुर र पुर्णशिला घर्ति)को स्मरण गर्दै उनका छोराछोरीद्धारा स्थापित स्मृतीस्मारक अनावरण सहित स्मृति संग्रहको बिमोचन गरिएको छ । पुतलीबजार नगरपालिका १० घडेरीमा स्थापित स्मृतिस्मारकको जेठी छोरी माया घर्ति र जेठी बुहारी खगीसरा घर्तिले अनावरण गर्नुभएको हो ।यसैगरी, संघर्षका प्रतिमूर्ति बोधबहादुर घर्ति स्मृति ग्रन्थको स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारी, वडा अध्यक्ष दुर्गबहादुर शाह र साईला छोरा श्रीप्रसाद घर्ति लगायतले संयुक्त बिमोचन गर्नुभएको हो ।

बिमोचनपछि बोल्दै अध्यक्ष अधिकारीले संसारमा आफना बाबा आमा भन्दा ठुलो कोही पनि नहुने बताउदै बाचुन्जेल बाबा आमाको सेवा र मृत्युपछि उहाहरुका योगदानको स्मरण गर्नु सबैभन्दा महान कार्य रहेको बताउनुभयो । इतिहासको मुल्यांकन गर्दै आउदा पुस्ताले यस महान कार्यलाई निरन्तरता दिन अध्यक्ष अधिकारीको सुझाव छ ।कार्यक्रममा वडा अध्यक्ष दुर्गबहादुर शाह, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, नागेश्वरधाम धार्मिक एवं पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष अनन्तनारायण अर्याल, इन्जिनियर नारायण खवास, समाजसेवी दिनेश अर्याल, हरिप्रसाद पराजुली, पण्डित श्यामप्रसाद रेग्मी, धनबहादुर खवास लगायतले घर्ति परिवारको सामाजिक जीवनको संघर्ष र योगदानको चर्चा गर्दै सुयोग्य बाबा आमाको योग्य सन्तानले इतिहास रच्ने काम गरेकोमा जोड दिनुभयो ।

माइला छोरा मुक्तीप्रसाद घर्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन ज्वाई कमल घर्तिले गर्नुभएको थियो ।
वि.स. १९६० मंसीर १५ गते आमा बाटुली र बाबा चामबहादुर घर्तिको जेठा सन्तान बोधबहादुर घर्तिको ७५ बर्षको उमेरमा २०३५ सालमा निधन भएको थियो । घर्तिका ३ श्रीमती ५ छोरा,४ छोरी र दर्जनौं नाती नातिना छन्। पूर्णशिला माहिली श्रीमती हुन। उहाको पनि ९९ बर्षको उमेरमा करिब ६ बर्षअघि निधन भैसकेको छ। जेठा छोरा मोतीप्रसाद घर्ति र कान्छा छोरा चन्द घर्तिको पनि निधन भैसकेको छ । मोतीप्रसाद घर्ति व्रिटिश सेनाबाट निवृत्त हाृ भने श्रीप्रसाद घर्ति राजनीतिज्ञ । उहा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति, जिविसका पूर्व सभापति, सुकुम्वासी आयोगका दाङका अध्यक्ष लगायत बिभिन्न क्षेत्रमा रहेर काम गर्नुभएको अनुभव छ ।