एनआरएन क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा शर्मा बलियो उम्मेदवार

प्रकाशित मिति:

गैह्र आवासीय नेपाली संघ एनआरएनए अमेरिकाको चुनावको सरगर्मी बढिरहेको बेलामा अमेरिकाको क्यालिफोर्नि राज्यमा पनि अध्यक्षको लागि चुनावमा उम्मेदवारहरू प्रचारप्रसारमा तिव्र रूपले लागेका छन्।

नेपालीहरूको बाक्लै बसोबास रहेको क्यालिफोर्निया राज्यमा अध्यक्षमा एकदेव शर्मा बलियो उम्मेदवारको रूपमा देखिएका छन्। अध्यक्ष उम्मेदवार शर्माले उक्त राज्य भित्र रहेका विभिन्न नेपाली सामाजिक संस्थाहरूमा आबद्ध व्यक्तहरूसंग मत मागिरहेका छन्। लामो समयदेखि कर्मथलो बनाउदै क्यालिफोर्नियामा बस्दै आएका शर्मा लोकप्रिय रहेका छन्।