कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन सरकारसंग देउवाको आग्रह

प्रकाशित मिति:

नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन सरकारसंग आग्रह गर्नुभएको छ । सभापति देउवाले कोरोना संक्रमितको उपचारको लागि आईसियु भेन्टिलेटर सहितको वेड प्रयाप्त मात्रामा व्यबस्था गर्न सरकारसंग आग्रह गर्नुभएको हो । कोरोना संक्रमणको दर बढेपछि सभापति देउवाले पिसिआर परिक्षणको दायरा बढाउन तथा संक्रमितको उपचारलाई व्यस्थित र प्रभावकारी बनाउनकोका लागि अस्पतालमा बेड बढाउन आग्रह गर्नुभएको हो ।

सभापति देउवाले शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलन गरेर कोरोना भाईरस महामारीको रोकथाम तथा नियन्त्रणमा सरकारले लापरवाही गरेको समेत आरोप लगाउनु भयो । सरकारको लापरवाही र अकर्मण्यताका कारण आईसीयू, भेन्टिलेटर बेडहरुको अभाव हुन थालेको बताउँदै सभापति देउवाले सरकारले विगतको गल्तीबाट नसिकेको र सरोकारावालाहरुले दिएको सुझावलाई समेत आत्मसात नगरेको उमेत आरोप लगाउनु भयो ।