छिल्लो २४ घण्टामा झण्डै ५ हजार ८०० नयाँ संक्रमित थपिए

प्रकाशित मिति:

शुक्रबार कोरोना भाइरसका अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा झण्डै ५ हजार ८०० नयाँ संक्रमित थपिएका छ् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले शुक्रबार जारी गरेको पछिल्लो तथ्यांक अनुसार १५ हजार १९६ परीक्षण गर्दा ५ हजार ७९७ नयाँ संक्रमित थपिएका हुन् । १५ हजार ३९१ आरटीपीसीआर गर्दा ५ हजार ६५७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै, ५२५ एन्टीजेन परीक्षणमा ७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९२८ जना संक्रमण मुक्त भएका छन् । मृत्यु हुनेको संख्या आज पनि ३० भन्दा माथि रहेको छ । पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृतकको संख्या ३३ रहेको र २४ घण्टाभित्र मृत्यु भएकाहरुको संख्या २८ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।