शनिवार बिहान २ संक्रमितको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप २ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी र रुपन्देहीका रहेका छन् । गत वैशाख १७ गते पोजेटिभ आई अस्पतालमा भर्ना भएकी नवलपरासीको रामग्राम १० की ४५ वर्षीया महिलाको शनिवार बिहान ४ बजे मत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले बताए । उनलाई एचडियुमा राखी उपचार गरिएको थियो । त्यस्तै, रुपन्देहीको शुद्धोधन गाउंपालीका ५ का ५५ वर्षीय पुरुषको ५ बजेर ४५ मिनेटमा मृत्यु भएको उनले बताए । मृतकलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको गौतमले जानकारी दिए ।