पश्चिम नवलपरासीमा कोरोना संक्रमित एक महिलाको मृत्यु

प्रकाशित मिति:

प्रकाश न्यौपाने – नवलपरासी, बैशाख १८ । पश्चिम नवलपरासी शनिबार बिहान एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० की ४५ वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालमा भर्ना भएकी महिलाको शनिवार बिहान ४ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनुभयो ।

थप समाचार