पश्चिम नवलपरासीमा पाच जना कोरोना सक्रमितको मृत्यु 

प्रकाशित मिति:
प्रकाश न्यौपाने-बैशाख १८ गते,नवलपरासी । पश्चिम नवलपरासीमा २४ घण्टाको अन्तरालमा ५ जनाको मृत्यु भएको छ । कोरोनाबाट  मृत्यु हुनेमा रामग्राम नगरपालिकाका दुई जना सुनवल नगरपालिकाका दुई र सरावल गाउँपालिकाका १ जना गरि ५ जना रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देविलाल पौडेलले जानकारी दिनु भयो ।
मृत्यु हुनेमा रामग्राम नगरपालिकाका वडा नम्बर ६ का ४२ वर्षीय पुरुषको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। त्यस्तै  रामग्राम नगरपालिकाका वडा नम्बर १० की ४५ वर्षीया महिलाको बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो । त्यस्तै पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार सरावल गाउँपालिकाका वडा नम्बर २ का ४५ वर्षिय युवकको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले बताउनु भयो ।
 त्यस्तै सुनवल नगरपालिकाका वडा नम्बर ६ का ८४ वर्षीय पुरुषको शुक्रबार होम आइसोलेसनमा र सोही नगरपालिकाका वडा नम्बर ७ का ८५ वर्षीय पुरुषको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।