भावी पुस्तालाई नेपालप्रतिको भावना जगाउन उम्मेदवारी दिएको हुँ

प्रकाशित मिति:

मुकुन्द सुवेदी- बैसाख १८, २०७८ पेन्सलभेनिया अमेरिका। गैरनेपाली आवासीय संघ एनआरएनए अमेरिकाको आशन्न निर्वाचनले अमेरिकामा मात्रै होइन, विश्वको जुनसुकै भुगोलमा रहेको भए पनि सबै नेपालीलाई तताई दिएको छ । त्यसमा पनि अमेरिकाकै राजधानी न्युयोर्क च्याप्टरको निर्वाचनमा बसले बाजी मार्ला भनेर विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरुको ध्यान तानेको छ । न्युयोर्क च्याप्टरमा मात्रै ४ हजारको हाराहारीमा मतदाता छन् । तिनै मतदाताको मत जितेर न्युयोर्क च्याप्टर बन्ने दौडमा छन् ३ जना । सम्भावित अध्यक्षको रुपमा भने आङ छिरिङ शेर्पालाई हेरिएको छ ।

‘नेपालीका लागि नेपाली, समावेशी, सहमति र सहकार्य’ मुल नारामा साथ न्युयोर्क च्याप्टरको अध्यक्षका लागि उम्मेदवारी दिएका शेर्पालाई मुख्य रुपमा जनसम्पर्क समितिको उम्मेदवारको रुपमा हेरिएको छ । उनी मात्रै प्रजातान्त्रिक धारका उम्मेदवार हुन् भने बाँकी २ जना भने वामपन्थी विचारमा उम्मेदवार छन् । नेपालको हिमाली जिल्ला, जसलाई विश्वले चिन्छ, त्यही जिल्ला अर्थात् पूर्वी नेपालको सोलुखुम्बु जिल्लाको गार्मामा ३९ वर्षअघि जन्मिएका शेर्पा लामो समय नेपालको जनजाति आन्दोलनमा सक्रिय बने । विश्वले ‘हिमाल भनेको नेपाल हो, नेपाल भनेको हिमाल हो’ भनेर चिन्ने गर्छ । त्यही जिल्लामा जन्मिएका शेर्पा लामो समयसम्म ट्रेकिङ गाइडको रुपमा काम गरेर हिमाली जिल्लामा धेरै विदेशीलाई पाइला टेकाए ।

उनले विद्यार्थी कालदेखि नै ट्रेकिङ काम गरे । त्यो बेला धेरै डाडाकाडा घुमे । उनी नेपालमा खोलिएको शेर्पा विद्यार्थी मञ्च ९हालको संघ० को दुई कार्यकाल अध्यक्ष समेत भए । उनी नेपालमा रहँदा विद्यार्थी राजनीतिमा निक्कै अगाडी थिए । सँगसँगै जनजाति आन्दोलनमा उनको सक्रियता निक्कै थियो । विद्यार्थी राजनीति गर्दा गर्दै उनी १० वर्ष अगाडी अमेरिका छिरे । उनी अहिले जनसम्पर्क समितिको केन्द्रिय सदस्य तथा संगठन विभाग प्रमुखसमेत हुन् । उनी शेर्पा संघको संरक्षक परिषदको सदस्यसमेत हुन् । उनी अमेरिकाको न्यूयोर्कमा बस्छन् ।

२०१० मा एनआरएनएको दोस्रो अधिबेसन हुँदा उनी निक्कै सक्रिय थिए । जुन बेला उनी इटालीमा थिए । त्यतिबेला अनलाइन भोटिङको व्यवस्था थिएन । त्यस्तो अवस्थामा पनि एनआरएनएको सदस्यता विस्तारमा सक्रिय बने । अहिले न्यूयोर्कबासीहरुले उनलाई योग्य उम्मेदवार भनेका छन् ।‘मलाई लामो समयदेखि एनआरएनएको क्षेत्रमा काम गरेको देखेर यहाँका साथीहरुले मलाई उम्मेदवार बनाउनु भएको हो’ उनले भने, ‘मेरो उम्मेदवारी एकल होइन, सबैको चाहनाले गर्दा मात्रै भएको हो । मलाई मलाई यहाँका साथीहरुले सहयोग गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।’

‘समस्यामा परेका नेपालीहरुको सहयोग मेरो लागि ‘एकपटकको नेपाली, सधैंको लागि नेपाली’ भन्ने मुलमन्त्रलाई कहिले लत्याउने छैन’ उनी भन्छन्, ‘यहाँ सामुहिक रुपमा नेपालीलाई दक्ष बनाउन पहल गर्नेछु । अन्य योजनाहरु पनि छन्, जुन योजना पूरा गर्न म तयार छु । साथै नेपालमै पनि केही गर्नेगरी बनाएको योजना पनि छन् ।’ नेपालमा २०७२ सालमा गएको विनासकारी महाभूकम्पका बेला होस् वा गत वर्षदेखि फैलिएको कोरोना संक्रमणका बेला आपतमा परेका नेपालीहरुको सेवामा तल्लिन बने । उनले कोरोना कहरका बेला पनि अमेरिकाका विभिन्न शहरहरुमा रहेका नेपालीहरुको उद्धार र सहयोगका लागि जुटे । मैले अमेरिकामा बसोबास गर्ने आम नेपालीका समस्या समाधान गर्ने अठोटका साथ उम्मेदवारी दिएको हुँ’ उनले भने, ‘मैले लामो समयदेखि सामाजिक काममा लागेको कामको अनुभवलाई अमेरिकामा बसोबास गर्ने नेपाली समक्ष शेयर गर्न चाहन्छु । र, आफुले लिएका लक्ष्य पूरा गर्न प्रतिवद्ध छु ।’