प्रधानमन्त्री ओली शितलनिवास पुगे

प्रकाशित मिति:

काठमाडौं, वैशाख १९ –  एमाले स्थायी कमिटीको बालुवाटारमा बसेको आकस्पिमक बैठक सकिएलगत्तै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन्। अहिले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भइरहेको छ । ओली–भण्डरीबीचको यो भेटलाई प्रधानमन्त्री कार्यालयले नियमित भेटघाट भनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । बालुवाटारमा आकस्मिक स्थायी कमिटी बोलाएका प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन्। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री शीतल निवास गएको बताइएको छ । ओलीले आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् ।