बैठकै नबसी लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

प्रकाशित मिति:

बैशाख : हठातमा लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरिएपछि विपक्षी दलहरू आक्रोशित भएका छन् । मुख्यमन्त्री शंकर पोख्रेलले पदबाट राजीनामा, पुनः शपथको तयारी र अधिवेशन अन्त्यको निर्णय गरिसक्दा उनलाई हटाउन लागि परेका विपक्षी दलहरू बल्ल आन्तरिक छलफलमा जुटेका छन् ।

उनीहरू पोख्रेलका एकपछि अर्का निर्णयहरू आइरहदा प्रतिवादमै व्यस्त देखिन्छन् । कांग्रेस र माओवादीले अविश्वासको प्रस्ताववाट अत्तालिएका मुख्यमन्त्री पोख्रेलले राजीनामा दिएपछि नयाँ सरकार निमार्णका लागि बाटो खुलेको बताउछन् । अविश्वासको प्रस्ताव फेस गर्न ‘डराएर भागेका’ पोख्रेल पुनः मुख्यमन्त्री बन्ने कुरै नहुने तर्क कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता विरेन्द्र कनौडियाको छ । कनौडियाले आफू अनुकुल कानुनको व्याख्या गर्दै हिडेको सरकारले जनमत गुमाएको बताए । ‘सरकारले जनमत र नैतिकता । अब हामी बहुमतको सरकार निमार्ण गर्ने तयारीमा लाग्छौ,’ नेता कनौडियाले भने ।

आजै बस्ने भनिएको सभाको बैठक स्थगित भएपछि आन्तरिक छलफलमा जुटेका माओवादीका प्रमुख सचेतक तुलबहादुर घर्तीले बैठक नै नबसी सरकारले विशेष अधिवेशन फेरि स्थगन गर्नु गैह्ररानितिक क्रियाकलाप भएको बताए ।‘सरकारको रवैयाविरुद्ध विपक्षी सबै दल एक ठाउमा बसेर छलफल गरिरहेका छौं । अब हामी चुप लागेर बस्ने अवस्था रहेन,’ घर्तीले भने ।विपक्षी गठवन्धनमा एमालेबाहेकका सबै दल छन् । गठबन्धनले आजै संयुक्त धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।