लुम्बिनीको मुख्यमन्त्रीमा केसीको दाबी , ४२ सांसदले आफै उपस्थीत भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाए

प्रकाशित मिति:

वैशाक १९ । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री वनाउन भन्दै प्रतिपक्ष दलहरुको संयुक्त गठवन्धन सहीतका ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नया सरकार गठनका लागि प्रदेश प्रमुखसामू कुल वहादुर केशीले दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षर सहीत केसीको नेतृत्वमा नया सरकार गठनका लागि दावी पेश गरेको नेपाली काग्रेसका संसदीय दलका प्रमुख सचेतक फकुरुदीन खानले जानकारी दिएका छन् । यसमा सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाही तथा साबिकको नेकपाबाट चुनाव जितेकी विमला केसीले पनि हस्ताक्षर गरेका छन् ।