अल्पमतमा परेकालाई मुख्यमन्त्री नियुक्ती गरेको भन्दै लुम्बिनीका प्रदेश प्रमुखको कार्यालयमा विपक्षीको धर्ना

प्रकाशित मिति:

बुटवल ; अल्पमतमा परेका शंकर पोखरेललाई पुनःमुख्यमन्त्री नियुक्त गरेपछि लुम्बिनी प्रदेश प्रमुखको कार्यालय विपक्षीले घेरेर धर्ना दिएका छन । नियम मिचेर अल्पमतमा रहेकालाई प्रदेश प्रमुखले नियुक्ती दिएको भन्दै धर्ना वसेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकुरुद्धीन खानले सबलपोष्ट संगको कुराकानीमा वताए ।

एमालेमा रहेका ४१ सांसद मध्ये चार जना सांसद अन्यत्रै लागेपछि पोखरेलले बहुमत गुमाएका छन् । चार मध्ये एक जनाले राजीनामा दिएका छन् भने २ जनाले कुल वहादुर केसीलाई मुख्य मन्त्री वनाउन हस्ताक्षर गरेका छन् भने एक विमला वली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन् ।

यसरी ८१ सदस्यीय प्रदेश सभामा बहुमतको सरकार गठन गर्न ४१ सांसद चाहिन्छ । तर, मुख्यमन्त्रीको पक्षमा ३७ मात्रै भए । ४२ सांसदले हस्ताक्षर नै गरेर प्रदेश प्रमुखलाई शपथ नगराउन पत्र नै बुझाइसकेका छन् । प्रदेश सभामा कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका २ र जनमोर्चाका १ सांसद छन् ।