प्रदेश प्रमुखको निर्णय तत्काल सच्याइयोसः काँग्रेस प्रमुख सचेतक खाँण

प्रकाशित मिति:

नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले लुम्बिनी प्रदेशमा आज नाटकिय रुपमा विकास भएको राजनीतिक घटनाक्रम प्रति आफनो गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।प्रमुख सचेतक खाँणले आज विज्ञप्ती जारी गर्दै लुम्बिनी प्रदेशमा नेकपा एमालेको बहुमत गुमिसकेको अवस्थामा सम्बिधानको धारा १६८ को १ लाइ गलत व्याख्या गरी एमालेको सरकार बनाएर शंकर पोखरेललाइ मुख्यमन्त्रीमा नियुक्त गर्नु संबिधान विपरितको कदम भएको उल्लेख गर्नु भएको छ ।

विपक्षी गठबन्दनले बहुमत सांसद संख्या पुरयाएर ४२ जनाको हस्ताक्षर र उपस्थितीमा कुलप्रसाद केशीलाइ मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख समक्ष गरेको सिफारिसलाइ लत्याउदै अल्पमतमा रहेका पोखरेललाइ मुख्यमन्त्रीमा नियुक्त गर्नु संविधानको उल्लघन भएको विज्ञप्तीमा उल्लेख छ । ‘बहुमत प्रदेशसभा सदस्यहरुलाइ पाखा लगाएर अल्पमतमा रहेका पोखरेलाइ नियुक्त गरीनु संबिधान र लोकतान्त्रिक मुल्य र पद्यतीको उल्लघंन गर्नु हो । प्रदेश प्रमुखद्धारा गरीएको संबिधान बिपरितको यो निर्णय र नियुक्ति अबिलम्ब सच्याइयोस,संसोधन गरीयोस’प्रमुख सचेतक खाँणद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलका बिरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरी प्रक्रिया अगाडी बढेको अवस्थामा मुख्यमन्त्रीले नाटकिय रुपमा राजीनामा दिएर अविश्वासको प्रस्ताव उपर छलफल गरी निर्णय गर्ने संसदिय पद्यती र पक्रियामा मै अबरुद्ध गरेको भन्दै प्रमुख सचेतक खाँणले आपती जनाउनु भएको हो ।