लुम्बिनीमा मुख्यमन्त्रीसँगै दुई मन्त्रीले लिए शपथ

प्रकाशित मिति:

बुटवल ; मुख्यमन्त्री शंकर पोखरेलले शपथ लिए लगत्तै लुम्बिनी प्रदेशका २ जना मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले बैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्री र हरी रिजाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेका हुन ।