गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको कार्यालयमा १३२ औं अन्तर्राष्ट्रीय मजदुर दिवस (मई दिवस) मनाइयो

प्रकाशित मिति:

न्युयोर्क, अमेरिका: गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको कार्यालयमा आज विशेष कार्यक्रम गरी १३२औं अन्तर्राष्ट्रीय मजदुर दिवस भव्यताका साथ मनाईयो। फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले नेपालको मजदुर आन्दोलनमा ठुलो भूमिका खेलेका स्व. गिरिजा प्रसाद कोइरालाको सम्झनामा द्विप प्रज्वलन गरी कार्यक्रम सुरुवात गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित सबैले स्व. गिरिजाप्रसाद कोईरालाको तस्वीरमा पुष्पार्पण गरी वहाँको राजनैतिक यात्रा विराटनगर जुटमील कारखानामा एक मजदुर नेता र ऐतिहासिक क्रान्ति वाट शुरू भएको अतित स्मरण गरीएको थियो। सन १९४८ मा स्व. गिरिजा वावुले नेपाल मजदुर कांग्रेसको स्थापना गर्नु भएको हो र पछि आएर नेपाल मजदुर कांग्रेस नेपाल ट्रेड युनियन कांग्रेस मा परिणत भएको हो।

यस कार्यक्रममा फाउण्डेशन का महासचिव छिरिंग राप्के लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू प्रेम क्षेत्री अधिकारी र ध्रुव क्षेत्री कुँवर सहभागि हुनुहुन्थ्यो भने कार्यक्रममा विशेष अतिथिको रूपमा एनआरएनए अभियान्ता एवं एनआरएनए अमेरिकाका पुर्व वरीष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल, नेपाली काँग्रेसका युवा नेता एवं न्युयोर्क कम्युनिटी वोर्ड ५ का सदस्य ज्ञानल थापा, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्षका प्रत्यासी आड॰ छिरिंग शेर्पा, उपाध्यक्षका प्रत्याशी शोभाकान्त पाण्डे र नेपाली काँग्रेस रूकुमका युवा नेता तेज सुनार को उपस्थिति रहेको थियो।१३२औं अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा यसै फाउण्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले मुलुकको मजदुरहरुका समस्या लाई उजागर गर्न स्व. गिरिजा प्रसाद कोइरालाले महत्वपुर्ण भुमिका खेल्नु भएको थियो र विराटनगर जुटमिल बाट स्व.कोइराला ले मजदुर आन्दोलन गरी उनिहरुको हकहितमा काम गर्नु भएको हो, भन्नु भयो।

फाउण्डेशन का महासचिव छिरीड॰ राप्के लामा ले स्व. कोइराला नेपाली राजनितिका शिखर पुरुषको रुपमा रहेको र उनको सम्झनामा स्थापित फाउण्डेशन सामाजिक क्षेत्रमा क्रियाशिल रहेको छ र मुलुकमा अझै स्व. कोइराला जस्ता शिखर पुरुषको आवश्यक रहेको र स्व. कोइरालाको योगदान नेपाली राजनितिमा कहिलै भुल्न सकिदैन, वॅंहाले भन्नु भयो।सो कार्यक्रममा वोल्दै युवा नेता कृष्ण पोख्रेलले एनआरएन स्थापनादेखी हालका दिनसम्म आईपुग्दा भएका आरोह अवरोह र आगामी दिनका चुनौतीहरू वारे आफ्ना धारणा राख्नुभएको थियो।त्यसैगरी युवा नेता ज्ञानल थापाले गिरिजा प्रसाद कोईरालाको नाममा स्थापित फ़ाउन्डेशनका गतिविधि ले सबै नेपालीको शिर उच्च वनाएको र प्रजातन्त्रको लागी वहाँको योगदान अद्वितीय रहेको र प्रवासमा रहेका नेपालीले वहाँको जीवनवाट धेरै कुरा सिक्नुपर्ने र फाउन्डेशन वहाँको सपना साकार पार्न लागीपरेको कुरामा जोड दिनुभयो।

त्यसैगरी एनआरएन न्युयोर्क च्यापटरका प्रत्याशी आगंकाजी शेर्पाले आफुहरू गिरिजा प्रसाद कोईराला फाउन्डेशन नाम नै पवित्र भएकोमा गर्व गर्दै वहाँवाटै प्रेरित भै समाज सेवामा लागीपरेको र आगामी २ वर्ष एनआरएन न्युयोर्कको तमाम समस्या र तिन्का समाधानमा आफु लागिपर्ने कुरामा जोडदिँदै सेवा गर्न मौका मिल्नेमा आफु विस्वस्त रहेको र फाउन्डेशन सँग हातेमालो गर्दै अगाडी बढने विश्वास दिलाउनु भयो। उपाध्यक्षका प्रत्याशी शोभाकान्त पाण्डेले गिरिजावावु एक विशाल व्यक्तित्व भएको र वहाँको तस्वीरमुनी रही काम गर्नपाउँदा गौरव महशुस् हुने र आगामी कार्यकालका लागी यो समावेशी टोलीलाई सहयोग गर्न अपिल गर्नुभयो । फाउन्डेशनका प्रवक्ता एवं कार्यसमिती सदस्य रामचन्द्र अधिकारीले राम्रो काम गर्ने जोसुकैलाई सहयोग गर्न आफुहरू सदा तत्पर रहेको र अहिले निश्पक्ष रूपमा फाउन्डेशनले गरेका राम्रा काम सारा विश्व जगतले नियाली रहेको, तर कतिपय नेपालीजन लाई फाउन्डेशनका गतिविधि टाउको दुखाईको विषय भएको कुरा उदाहरण सहित प्रष्ट्याउनुभयो। फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुवर्ण लामाले यस्ले कोरोना कहरमा गरेका तमाम मानवीय सहयोगको सबैले खुलेर प्रशंसा गरेको, आफुहरू एनआरएनए लगायत सबै विषयमा सदा सच्चा प्रजातन्त्रवादीको पक्षमा रहेको र आफ्नो व्यानर कुनै व्यक्ति विशेषको लागी नभै सत्कर्म र सदविचार को पक्षमा रहेको विषयमा जोड दिनुभयो ।वहाँले आज मे १ को पावन अवसरमा आफ्नो कार्यालयमा पाल्नुभै स्व गिरिजावावुलाई सम्झेर कार्यक्रम गर्नपाएकोमा गौरव गर्दै सबैप्रती धन्यवाद प्रकट गर्नुभयो।