मुख्यमन्त्री पोखरेलले भने – सूर्य चिन्हबाट चुनाव जितेका सांसद एमालेबाहेक अन्य दलमा हुन सक्दैनन्

प्रकाशित मिति:

काठमाडौं, वैशाख २० ;  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सूर्य चिन्हबाट चुनाव जितेका सांसदहरू कानुनी रूपमा पनि एमालेबाहेक अन्य दलमा हुन नसक्ने बताएका छन् । आइतबार मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर पुनः मुख्यमन्त्रीको नियुक्ति र सपथ लिईसकेपछि अल्पतमा रहेकालाई मुख्यमन्त्री बनाईएको भन्दैं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बिज्ञप्ती निकालेर बिरोध गरेका थिए । त्यसपछि आज बिहान मुख्यमन्त्री पोखरेलले समाजिक सञ्जाल फेसवुक मार्फत देउवा, प्रचण्ड र उपेन्द्रलाई यस्तो जवाफ फर्काएका हुन् ।

‘सूर्य चिन्हवाट चुनाव लडेका उहाँहरुको समर्थन कानुनीरुपमा समेत अन्य दललाई हुनु सक्तैन। यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुरजी, पुष्पकमल दाहालजी र उपेन्द्र यादवजीलाई नहुनु आश्चार्यको कुरा हो।’ पोखरेलले लेखेका छन् । संविधानले चुनाव चिन्ह लिएर चुनाव जिल्नेहरुलाई दल परिवर्तको अधिकार नदिएको र चुनाव चिन्ह सूर्य लिएकाहरु आफ्ना पक्षमा भनेर देखाउने र त्यसका पक्षमा राष्ट्रिय पार्टीका नेताले व्यक्तव्य जारी गर्ने कुरा लज्जास्पद भएको पोखरेलको भनाइ छ ।

सूर्य चिन्हबाट चुनाव जितेका दुई सांसदले मुख्यमन्त्री पोखरेललाई समर्थन नरहेको बताएका थिए भने नेकपा एमालेकै एक सांसदले राजीनामा दिएका थिए। यस्तै नेकपाबाट चुनाव जितेकी सांसद विमलाकुमारी खत्रीले माओवादी केन्द्रमा सक्रिय हुने निर्णय गरेकी थिइन्। यस्तो अवस्थामा नेकपा एमालेको एकल बहुमत नपुग्ने दाबी प्रतिपक्षी दलहरूको गर्दै आईरहेका छन् ।

यद्यपी, पोखरेल आफू बहुमत रहेकै अवस्थामा मुख्यमन्त्री भएको दाबी गर्छन्। लुम्बिनीमा नेकपा एमाले प्रदेश सभा दल बहुमत प्राप्त दलको अवस्थामा रहेका बखत मुख्यमन्त्रीमा दावी गरिएको हो। दलको बैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दावी गर्ने निर्णय गरेको हो। नियुक्ति पनि त्यसै आधारमा भएको हो।