कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण

प्रकाशित मिति:

बुटवल । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण देखिएको छ । शर्माले आफू संक्रमित भएको जानकारी सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।

शर्माले लेखेका छन्, ‘ज्वरो आई जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटलमा पुगेर स्वाब जचाउन दिएकोमा आज बिहानिपख रिपोर्ट पोजेटिभ । टेकु अस्पतालका डाक्टर मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ । सबैलाई विनम्र आग्रह छ – सजग बनौं’