लुम्बिनी प्रदेशका मुख्यमन्त्रीपोखरेल लाई अविलम्ब राजीनामा दिई नयाँ निकास दिन आग्रह

प्रकाशित मिति:

बुटवल, २० बैशाख । प्रेस चौतारी नेपालकापूर्व केन्द्रीयअध्यक्ष, वरिष्ठपत्रकार तथाअधिवक्ताडा. बालकृष्णचापागाईंले सोमबार एक प्रेस विज्ञप्तीजारी गरी लुम्बिनीप्रदेशकामुख्यमन्त्रीशंकर पोखरेल विरुद्ध प्रस्तुतअविश्वास प्रस्ताव र त्यसको निकासका सन्दर्भमाजुनप्रकारको अस्वस्थ,गैरजिम्मेवार र अराजनीतिकचरित्र प्रस्तुतभयो, यसको जतिनिन्दा र भ्रत्सना गरे पनिकमै हुन्छभन्नु भएको छ ।

उहाँले वक्तव्यमाआफ्नो हातमा रहेको परम्परागत सत्ता त्यागेर विश्वकल्याणकोलागि समर्पित बुद्धभूमिलुम्बिनीप्रदेशमा यस प्रकारको घिनलाग्दो अराजनीतिक खेल हुनु दुःखदएवं निन्दनीयकार्य भएको बताउनु भएको छ । विज्ञप्तीमायस प्रकारको अराजनीतिक र फोहरी खेलमाकस्को के कतिहात छ ?यसको खोजीनीति र पहिचान गरी जनताकाबीचचाडो भन्दाचाडो छर्लङ्ग पार्नु आवश्यकरहेकोबताउनु भएको छ । राष्ट्रिय राजनीतिमाप्रभावकारी भूमिका खेल्दै मुलुकलाई सहीगन्तव्यमाहिडाउन र आफ्नो पार्टी पङ्तीलाई एकताबद्धबनाई अगाडिबढाउनु पर्ने गहनदायित्वलाई छोडेरलुम्बिनीप्रदेशकामुख्यमन्त्रीशंकर पोखरेलले जुनप्रकारको अराजनीतिक र सत्तालिप्साको खेलमाआफूलाई जसरी प्रस्तुतगर्नुभयो, यो उहाँकालागिकिमार्थ शोभनीयभएनभनीविज्ञप्तीमाउल्लेख गरिएको छ ।

त्यस्तैगरी विज्ञप्तीमाआफू अल्पमतमा परेको अवस्थामाअन्य जेसुकै कारणभएपनिउहाँले सत्ताशक्तिको दुरुपयोग गरी प्रहरीको घेरा बीचप्रदेश प्रमुखको कार्यालयमानभईआफ्नै कार्यालयमाजवर्जस्त प्रदेश प्रमुखलाई बोलाई शपथलिनुले मुख्यमन्त्रीपोखरेलको प्रतिष्ठा र गरिमामाथिप्रश्नचिन्हखडाभएको उल्लेख छ । लुम्बिनीप्रदेश सभामाआइतबार भएको नाटकीयमञ्चनले लुम्बिनीकाआमनागरिकलाई लज्जीतबनाएको चर्चा गर्दै यस प्रकारको अलोकतान्त्रिक, अराजनीतिक र सत्तालिप्सामा केन्द्रितमुख्यमन्त्रीशंकर पोखरेलको कदमउहाँको राजनीतिकजीवन र नेकपाएमालेको लागिपनिअत्यन्तै घातकहुने बताउनु भएको छ ।

हरेक समस्याको समाधानन्यायोचितढंगले गर्न सकिन्छ तर आइतबार लुम्बिनीप्रदेशमाभएको मुख्यमन्त्रीनियुक्तिको घटनाअनुचित र न्यायसंगतनदेखिएको उल्लेख गर्दै विज्ञप्तीमाडा. चापागाईंले प्रहरीको कडानिगरानी र घेराभित्र रहीजवर्जस्त सपथलिनुभएकामुख्यमन्त्रीशंकर पोखरेललेगौतमबुद्धबाट प्रेरणालिईतत्कालै पदबाटराजीनामादिईलुम्बिनीप्रदेशलाई नयाँमार्ग प्रशस्तगर्न हार्दिक आग्रहगर्दछु भन्नु भएको. छ ।