कोरोना भाइरसले कसलाई चिन्छ ? कसलाई चिन्दैन ? – डा. रवीन्द्र पाण्डे

प्रकाशित मिति:

– कोरोनाले घरबाहिर निस्किनेलाई चिन्दछ |
– नाकमुनी वा घांटीमुनी मास्क लगाउनेलाई चिन्दछ |
– अनुहार छोइरहनेलाई चिन्दछ |
– भीडभाड गर्ने तथा भौतिक दुरी कायम नगर्नेलाई चिन्दछ |
– हलमा ठूलो बैठक गर्नेलाई चिन्दछ |
– बारम्बार हात सफा नगर्नेलाई चिन्दछ |
– कोरोना भाइरसले पास लिएर बाहिर निस्किनेलाई चिन्दैन |
– अनेक बाहना गरेर प्रहरीलाई झुक्याउनेलाई चिन्दैन |
– यस्तो बेलामा मर्निंग वाक / इभिनिंग वाक गर्नेलाई चिन्दैन |
– भोजभतेर, जमघट तथा रमाइलो गर्नेलाई पनि चिन्दैन |
– कोठे बैठक गर्नेलाई पटक्कै चिन्दैन |
– चोक, गल्ली, पसल, तरकारी बजार तथा बाटोमा हिंड्नेलाई चिन्दैन |
– खेल्न घर बाहिर निस्किएका बालबालिकालाई चिन्दैन |
– आफन्त, छिमेकी तथा नजिकका मित्रलाई पनि चिन्दैन |
– ठूलो मान्छे र भुँइमान्छेलाई चिन्दैन |
– पावर भएका, पहुँच भएका तथा भिआइपीलाई चिन्दैन |
– प्रहरीले नदेखेको ठाउँमा पनि कोरोनाले देखेको हुन्छ |
– अस्पताल प्याक भएको थाहा पाउंदैन।
– अक्सिजनको अभाव थाहा पाउंदैन।

– कोरोना भाइरसले कसैलाई सामान्य बिरामी बनाउँछ |
– कसैलाई गम्भीर बनाउँछ |
– कसैलाई प्लास्टिकमा प्याक गराउँछ
तर कसलाई के गर्छ भन्ने कुरा हामीलाई थाहा हुँदैन | तसर्थ सकभर घरभित्र बसौं ! भेटघाट बन्द गरौँ ! मापदण्ड पालना गरौँ ! यी कुरा ब्यबहारमा लागु गरेपछि कुनै चिन्ता लिनुपर्दैन | आत्तिनु पर्दैन | डर मान्नुपर्दैन |