एक महिने सिलाई कटाई तालिम सम्पन्न

प्रकाशित मिति:

बुटवल, २० बैशाख । रुपन्देहीको तिलोत्तमा–१०, शान्तिनगरमा आयोजित एक महिने निःशुल्क सिलाई कटाई तालिम सम्पन्न भएको छ। नवजागृती महिला समूहको आयोजना, घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको सहयोग तथा उद्यमशिल टोल बिकास संस्थाको संयोजनमा आयोजित तालिमको आईतवार एक कार्यक्रमका बिच समापन गरिएको हो ।

समूहकी अध्यक्ष माया श्रेष्ठको अध्यक्षता तथा टोल बिकास संस्थाका अध्यक्ष घनसिहं पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता एवं अर्थशास्त्री डा। दामोदर भुषालले यस्ता खालका स्वरोजगारमूलक ज्ञान र सीपले गांउ टोलको मात्र नभएर सिंगो राष्ट्रकै बिकास र समृद्धिमा टेवा पूग्ने बताउनुभयो । सीपको माध्यमले आयआर्जनसंगै आत्मनिर्भर र स्वरोजगार बन्न सकिने उल्लेख गर्दै सामाजिक अभियन्ता भुषालले तालिममा सिकेका सीपलाई भरपुर सदुपयोग गर्दै उद्यमशिलता तर्फ अग्रसर हुन आग्रह समेत गर्नुभयो । कोरोना महामारीको यो संकटमा नागरिकहरु सजग र सचेत भई स्वस्थ मात्रै रहन सके पनि राष्ट्रिय अर्थतन्त्रमा ठूलो टेवा पूग्ने उहाँले बताउनुभयो ।

टोल बिकास संस्थाकी उपाध्यक्ष सरगम बि।क। को सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा पत्रकार भरत प्रधान, टोल बिकासका सचिव शिव ढकाल, प्रशिक्षार्थी लक्ष्मी राना लगायतले बोल्दै तालिममा सिकेका सिपलाई सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । तालिममा स्थानीय दलित तथा जनजाति महिला गरि १५ जनाको सहभागीता रहेको थियोे । तालिम समापनको अवसरमा घरेलुु तथा साना उद्योग कार्यालयले निःशुल्क उपलब्ध गराएको १५ वटा सिलाई मेसिन प्रशिक्षार्थीहरुलाई हस्तान्तरण समेत गरिएको थियोे । उक्त मेसिन कार्यक्रमका प्रमुख अतिथि घनिसहं पुन, सामाजिक अभियन्ता डा। दामोदर भुषाल र समूहकी अध्यक्ष माया श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो । तालिममा प्रशिक्षक प्रभा गौतम पौडेलले सहजीकरण गर्नुभएको थियोे । महिलाहरुलाई सीप सिकाएर आयआर्जनमा बृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यका साथ सीपमुलक तालिम संचालन गरिएको समहूले जनाएको छ ।