अफगानिस्तामा आत्मघाती वम विष्फोट

प्रकाशित मिति:

काठमाडौं । मंगलबार अफगानिस्तानको राजधानी सहर काबुलमा भएको आत्मघाती बम विष्फोटमा परी ५० जना मानिसहरुको ज्यान गएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार प्रोफेट मोहम्मदको जन्मदिनको पार्टीमा यो विष्फोट गराइएको हो । आन्तरिक मन्त्रालयका प्रवत्ता नाजिक डानिसले यो आक्रमणमा परी ७० जनाभन्दा बढी मानिसहरु घाइते भएको जानकारी दिएका छन् । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले लिएको छ्रैन । अफगानिस्तानको सरकार विद्रोहीलाई वार्तामा ल्याएर समस्या समाधान गर्ने तरखरमा रहेको भए पनि मुलुकमा भने आत्मघाती आक्रमणहरु रोकिएको छैन ।