सानफ्रान्सिस्कोका कार्कीको आइसिसी सदस्यमा उम्मेदवारी

प्रकाशित मिति:

मुकुन्द सुवेदी– पेन्सलभेनिया अमेरिका । गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाको निर्वाचन आउनै लाग्दा उम्मेदवारहरुको मनमा घण्टी बज्न थालेको छ । तर, मतदाताहरु भने योग्य उम्मेदवारहरुको खोजीमै छन् । एनआरएनए अमेरिकाको निर्वाचनमा योग्य र केही गरेर देखाउँछु भन्नेहरुले पनि उम्मेदवारी दिएका छन् भने हल्लाकै भरमा मत पाउनेहरुले पनि उम्मेदवारी दिएकै छन् ।

योग्य उम्मेदवार छान्ने कसरी रु के उम्मेदवार जति सबै राम्रा र योग्य छन् त ?  अमेरिकामा बस्ने गैरआवासीय नेपालीको मनमा रातै दिन उठ्ने प्रश्न भनेकै यही हो । सानफ्रान्सिस्को शहरमा पनि योग्य उम्मेदवारको खोजी भइरहेकै छ । सानफ्रान्सिस्को निवासी उत्तमकुमार कार्कीले आइसिसी सदस्यमा उम्मेदवारी दिएका छन्, जसलाई सानफ्रान्सिस्कोबासीले अहिलेसम्म योग्य व्यक्ति मान्दै आएका छन् । गैरआवासीय नेपालीका समस्या धेरै छन् । मुख्य मुद्दा भनेकै नेपाली नागरिकताको निरन्तरताको विषय हो । यो विषय धेरैले उठाउँदैनन् । कार्कीले चाँही लामो समयदेखि नेपाली नागरिकताको मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएका छन् ।

आवद्धता नै धेरै- नेपालबाट अमेरिकामा आउनुअघि हरेक नेपालीले आफ्नो मिठो समपना बोकेका हुन्छन् । जसलाई पूरा गर्न निक्कै संघर्ष गर्नुपर्छ । कार्कीले पनि ठूलै सपना बोकेर अमेरिका प्रवेश गरेका थिए । अमेरिका पुगेपछि काम त अनिवार्य गर्नैपर्छ । आफ्नो कामको सँगसँगै सामाजिक काम गर्नु निक्कै चुनौतीपूर्ण मानिन्छ । तर, उनी दर्जनौं संघ संस्थामा रहेर अमेरिकामा बस्ने नेपालीहरुको हक अधिकारका लागि लडिरहेका छन् । उनी सान्फ्रान्सिस्को क्षेत्रको सबैभन्दा पूरानो नेपाली सामुदायीक संस्था न्यान्सका पुर्व अध्यक्षसमेत हुन् । त्यति मात्रै होइन, नेपाली सामुदायीक केन्द्र, नेपालीज कम्युनिटी सेन्टरको समेत पूर्व अध्यक्ष हुन् । उनी एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार हुन् भने नेपाली जनसम्पर्क समिति अमेरिकाको पनि सल्लाहकार हुन् । कार्की निक्कै व्यस्तताका बीचमा पनि अनेकौ संघ संस्थामा आवद्ध हुनु भनेको सबैको रोजाईका कारण नै हो । त्यसैको परिणाम स्वरुप अमेरिकाका विभिन्न संघसंस्थामा उनलाई स्थान दिइन्छ । एनएएनसिका पूर्व अध्यक्षसमेत रहेका कार्की नेपाली सामुदायीक केन्द्रका संस्थापक अध्यक्ष हुन् भने उनी पश्चिम अमेरिका नेपाली महासंघ वानाको वर्तमान अध्यक्ष हुन् । साथै उनी विभिन्न राष्ट्रिय स्तरका संस्थाहरुमा सल्लाहकारका रुपमा कार्यरत छन् ।

सम्मानित पनि उत्तिकै- कम गरेपछि सम्मान पाउनु स्वभाविकै हो । झन विदेशी भुमीमा सम्मान पाउनु भनेको खुसीकै कुरा मान्नुपर्छ । कार्कीले नेपाली सामुदायिक केन्द्र स्थापनार्थ आयोजित दुई दुई वटा महापुराणमा मुख्य भूमिकामा रहेर काम गरिसकेका छन् । प्रेसिडेन्ट भोलन्टियर सर्भिस अवार्ड २०१४ का गोल्ड मेडलिस्टसमेत कार्कीले थुप्रै सम्मानहरु प्राप्त पाएका छन् । सानफ्रान्सिस्कोमा निक्कै लोकप्रिय भएकै कारण उनले अमेरिकी राष्ट्रपतिद्धारा प्रदान गरिने ‘राष्ट्रपति स्वयम सेवा स्वर्ण पदक –२०१४’ प्राप्त गरेका छन् । मैले जति पनि मान सम्मान पाए, त्यो सबै अमेरिकामा बसोबास गर्ने नेपाली दिदी बहिनीहरुको मायाले गर्दा हो’ उनले निशान न्युजसँग भने, ‘विगतदेखि नै आम नेपालीहरुको साथ र सहयोग रहेका कारण मैले आइसिसी सदस्यमा जित्छु भन्ने लाग्छ ।’ सानफ्रान्सिस्को वे एरियामा रहेका नेपालीलाई आपत पर्दा सहयोग गर्न उनी निक्कै तम्सिन्छन् । उनले २०७२ सालमा आएको विनासकारी भुकम्पको बेला समस्यामा परेका नेपालीलाई अमेकिाबाटै सहयोग उठाएर पठाए । भुकम्प पीडित राहत संकलन गरेर नेपालका थुप्रै ठाउँमा आफैं पुगेर पनि वितरण गरेका छन् ।