विश्वप्रकाशले लिए कांग्रेस प्रवक्ताबाट दुई साताका लागि बिदा

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई साताका लागि पार्टीको प्रवक्ताबाट बिदा लिएका छन् ।

कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा रहेका प्रवक्ता शर्माले स्वस्थ भएर छिट्टै नै पूर्ण जाँगरसहित मैदानमा फर्कने बताएका हुन् । प्रवक्ता शर्माले अस्वस्थताका कारण प्रवक्ताको सक्रिय जिम्मेवारीबाट टाढा रहनुपरेकोमा क्षमा याचना गर्दै स्वास्थ्यलाभको कामना गर्ने शुभेच्छुकमा धन्यवाद दिएका छन् ।