बुटवलमा अक्सिजन बैंकको सुरुवात

प्रकाशित मिति:

वैशाख २१ । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा मंगलबारदेखि अक्सिजन बैंकको सुरुवात गरेको छ । उपमहानगरभित्र होम आइसोलेसन, होटल आइसोलेसन तथा उपमहानगरको संस्थागत आइसोलेसनमा बसेका कोभिड संक्रमितलाई अक्सिजन आवश्यक परेमा तत्काल स्वास्थ्यकर्मी सहितको टोलीले अक्सिजन पु¥याउने गरी बुटवल उपमहानगरपालिकामा अक्सिजन बैंक सेवा शुभारम्भ गरिएको उपमहानगरमा जनस्वास्थय महाशाखा प्रमुख मित्रमणि खनालले बताए ।

अहिले पहिलो लटमा १ सय वटा सिलिण्डर खरिद गरेका छौं, उनले भने खपतको आधारमा बढाउने, रिफिल गर्ने र सेटअप गर्नेगरी थालनी भएको हो ।’ पहिलो चरणमा १० लाख रुपैयां खर्च गरिएको भन्दै उनले अक्सिजन रिफिलमा लायन्स क्लब एरिया फोर ले सहयोग गर्ने बताए । अक्सिजन बैंक बिरामीसम्म पुर्याउन, जडान र रेखदेखमा उपमहानगरका ८ शहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी र ८ उपमहानगरले थप गरी खटाएका कर्मचरीले बैंक अन्तर्गत काम गर्ने उनले जनाए ।