एकै दिन ७ हजार ६६० जनामा कोरोना संक्रमण , ५५ जनाको मृत्यु,

प्रकाशित मिति:

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मंगलबार एकै दिन ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसो सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणमा मृत्यु हुनेको संख्या ५५ उल्लेख गरिएको छ

यो सोमबार मृत्यु हुनेको संख्या भन्दा १८ जना बढी हो । यसअघि सोमबार ३७ जना र आइतबार २७ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो । नेपालमा कोरोना भाइरस संक्रमणबाट मंगलबारसम्म तीन हजार ४१७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् । मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ । जसमध्ये दुई लाख ८७ हजार ७९० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार ७७५ रहेको छ ।

थप समाचार