अभिनेत्री दिपीकाको परिवारलाई कोरोना

प्रकाशित मिति:

बलिवुड अभिनेत्री दीपिका पादुकोणलाई कोरोना संक्रमण भएको छ । दीपिका सहित पिता प्रकाश पादुकोण, आमा उज्जला पादुकोण र बहिनी अनीशा पादुकोणलाई कोरोना संक्रमण भएको हो । दीपिकाको परिवारलाई १० दिन अघि नै कोरोना भाइरसको लक्षण देखिएको बताइएको छ । लक्षण देखिएपछि गरिएको परीक्षणमा उनीहरुलाई पोजेटिभ देखिएको हो । दीपिकाको पिताको हप्तौँसम्म पनि ज्वरो नघटेपछि उनलाई गत शनिबार अस्पताल लगिएको थियो । प्रकाश पादुकोण सन् १९८० मा प्रतिष्ठित ‘अल इंग्ल्यान्ड च्याम्पियन’ टाइटल जित्ने पहिलो भारतीय हुन् । एजेन्सी