काठमाडौं उपत्यकामा आजदेखि एक साता निषेधाज्ञा थप

प्रकाशित मिति:

काठमाडौं उपत्यकामा आजदेखि एक साता निषेधाज्ञा थपिएको छ । १६ वैशाखदेखि एक साताका लागि जारी गरिएको निषेधाज्ञा आजबाट थप एक साता थपिएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले कोरोना संक्रमणको फैलावट रोक्न निषेधाज्ञा लम्बाइएको बताए । थपिएको निषेधाज्ञालाई अघिल्ला दिनहरुको भन्दा कडा बनाउनुपर्ने निष्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन् ।

त्यसैले आजबाट बिहान ९ बजेसम्म मात्र खाद्य वस्तुका पसलहरु खोल्न दिने निर्णय जिल्ला प्रशासन कार्यालयहरुले गरेका छन् । यसअघि साँझपख पनि पसल खोल्न पाउने व्यवस्था हटाइएको छ । यसैगरी यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरिएको छ । अब जिल्ला प्रशासन कार्यालयहरुले नयाँ पास जारी गर्नेछन् । पत्रकारहरुका लागि सूचना विभागको पास अनिवार्य गरिएको छ ।