सभामुख सहित सांसदहरुको कोरोना परीक्षण आज र भोलि हुने

प्रकाशित मिति:

सभामुख सहित सांसदहरुको कोरोना परीक्षण हुने भएको छ । बैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भोलि सभामुखसहित सांसदको कोरोना परीक्षण गर्न लागेको सङ्घीय संसद् सचिवालयले जनाएको हो । बिहान १० देखि बेलुका ५ बजेसम्म पीसीआर परीक्षण हुनेछ । आज सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको परीक्षण हुने र भोली अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालकसहित अरुको पीसीआर परीक्षण हुने सचिवालयले जनाएको छ ।