गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको एन्टिजेन रिपोर्ट पोजिटिभ

प्रकाशित मिति:

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजेन रिपोर्ट पोजिटिभ आएको छ । उनले मंगलबार पीसीआर परीक्षणसमेत गराएका छन् । त्यसको रिपोर्ट आज आउने जनाइएको छ । मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेमा कोरोना संक्रमण देखिएको छ । उनी तीन दिनदेखि होम आइसोलेसनमा बसेका छन् । न्यौपानेमा संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेका थिए । मुख्यमन्त्री गुरुङले यही वैशाख १४ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो । उनी मंगलबार सर्वदलीय बैठकमा सहभागी थिए । संक्रमण बढिरहेको भन्दै उनले जेठको पहिलो साता मात्र कार्यव्यवस्थाको बैठक राखेर प्रदेशसभा बैठक डाकिनुपर्ने बताएका थिए । गण्डकी प्रदेशसभा वैशाख १५ गतेबाट बस्न सकेको छैन ।