४ संक्रमितको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप ४ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र १ पुरुष रहेका छन् । वैशाख १९ गते कोरोना पोजेटिभ आई अस्पताल भर्ना गरिएका कन्चन गाउंपालीका ४ की २७ वर्षीया महिलाको बुधवार बिहान ५ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उनका अनुसार १८ गते भर्ना भएकी बुटवल ९ की ५४ वर्षीया महिलाको बिहान साढे ६ बजे, २१ ग्ते भर्ना भएकी तिलोत्तमा, ४ की ४० वर्षीया महिलाको बिहान साढे ६ बजे र १५ गते भर्ना भएका बुटवल १२ का ४७ वर्षीय पुरुषको गएराति १० बजे मृत्यु भएको हो ।