रामनदी धाम घाटमा २५ जना भन्दा बढि मलामी जम्मा हुन नपाईने

प्रकाशित मिति:

गल्याङ । स्याङ्जाको रामनदी धाम राम्दीमा २५ जना भन्दा बढि मलामी जम्मा हुन नपाइने भएको छ । राम्दी बजार व्यवस्थापन समितिले राम्दीमा २५ जना भन्दा बढि मलामी जम्मा हुन नपाउने निर्णय गरेको हो ।

स्थानीय शिबहरी अमात्यले २५ जना भन्दा बढि मलामी राम्दीमा जम्मा हुन नपाउने सहितका निर्णय गरिएको बताउनुभयो । उहाँका अनुसार विहान ६ बजे देखि साँझ ६ बजेसम्म मात्रै शब जलाउन पाइने भएको छ । अन्य समयमा अन्तिम संस्कार गर्न पूर्ण रुपमा निषेध गरिएको उहाँले बताउनुभयो । यस्तै, मलामीहरु खानपिनका लागि बजार बस्न नपाउने र बजार डुल्न नपाउने निर्णय भएको छ । कोरोना संक्रमीतको संख्या बढिरहेको भन्दै रोकथामका लागि यस्तो निर्णय गरिएको बताइएको छ ।