नेपालमा हाल फैलिएको कोभिड १९ को बारेमा अध्यक्ष पदका उम्मेदवार कृष्ण लामिछाने द्धारा छलफल आह्वान

प्रकाशित मिति:

मेरा समकक्षी आदरणीय एन.आर.एन अमेरिकाका उम्मेदवार साथीहरु,नमस्कार !!! यतिबेला हामी एन.आर. एन.ए.अमेरिकाको आगामी कार्यकाल ( २०२१- २०२३ ) को निर्बाचन प्रक्रियामा व्यस्त छौं । हामी सबैको ध्यान निर्बाचनमा आफ्ना एजेन्डाहरुलाई मतदाताको बिचमा लगेर अनुमोदन गराउने कार्यमा केन्द्रित छ । तर यसै समयमा मातृभूमी नेपालमा कोभिड- १९ को संक्रमणको दोस्रो लहरले हजारौं नेपाली आमा बुबा दाजु भाई दिदी बहिनीहरु संक्रमित हुनुभएको छ, सयौैको संख्यामा ज्यान गइसकेको छ र यो क्रम दिनानुदीन बढ्दो छ । संक्रमण र मृत्यु दर हेर्दा अबको केहि समयमा स्थिति भयाबह हुन् सक्ने अनुमान गर्न सकिन्छ ।

हाम्रो मातृभूमी यो कहाली लाग्दो संकटबाट गुज्री रहदा हामी यहाँ चुप लागेर बस्न सक्दैनौ । मातृभूमीको यो संकटमा हामी एन.आर.एन हरुले तत्काल के कस्तो सहयोग गर्न सकिन्छ भन्ने बिषयमा कम से कम हामी सबै पदका उम्मेद्वारहरु एउटा मञ्चमा उभिएर छलफल गरेर सामुहिक निष्कर्षमा पुग्नु अत्यन्त जरुरी भएको छ । हाम्रा निर्बाचनका क्रियाकलापहरुलाई निरन्तरता दिदा दिदै पनि मातृभूमीमा देखिएको यो प्रकोपका बिरुद्ध लड्न हामीले के कस्तो योगदान दिन सकिन्छ भन्ने बिषयमा सबै उम्मेदवारका बीच छलफल गर्न तत्काल सामुहिक छलफल कार्यक्रमको आह्वान गर्दछु । यस बिषयमा आफ्नो राय मलाई मेरो इमेल [email protected] . मा लेखि पठाई दिनु हुन सबै उम्मेदवार साथीहरुमा हार्दिक अनुरोध गर्दछु ।
जय एन.आर.एन
कृष्ण लामिछाने
अध्यक्ष पदका उम्मेदवार
(२०२१-२०२३ कार्यकाल )
एन.आर.एन.ए एन. सी. सी अमेरिका